Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अनधिकृत रुपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी
- अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी
- मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने
- ३ हजार २ सय जना बाढी प्रभावित व्यक्तिको उद्धार: सरकारका प्रवक्ता
- तिब्बततर्फ ड्याम फुटेर सुरु भएको बाढी स्याफ्रुबेँसी आइपुग्यो
- बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित
- भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
- आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव
- तिब्बततर्फ ड्याम फुट्यो, उद्धारकर्मी तथा सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जान चेतावनी
- चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला
पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु
काठमाडौँ,
साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।
साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् । भक्तजनलाई सहज रुपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन् ।
पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उनले बताइन् । आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रुपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उनले उल्लेख गरिन् । पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता थियो ।
कोषले आजदेखि सुरु गरेको सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताइन्। उनका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकताअनुसार विशेष सफाइ अभियान सञ्चालन गरिने छ ।