सुचना, समाचार र मनोरन्जन

दीपाको‘ब्रेन ट्युमर’को शल्यक्रिया सफल, आइसियूबाट जनरल वार्डमा सारियो

काठमाडौँ :

चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया गरिएको छ। काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो। कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको  शल्यक्रिया सफल भएको जानकारी दिएका छन्।

दीपकका अनुसार चलचित्र ‘छ माया छपक्कै २’को छायाङ्कनका क्रममा दीपाश्रीलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लागेको थियो। धेरै ठाउँबाट भारत जान सल्लाह पाएको भए पनि डा. वसन्त पन्तबाटै शल्यक्रिया गराउने निर्णय गरिएको उनले बताएका छन्। शल्यक्रिया सफल भएपछि दीपाश्रीलाई आइसियूबाट अहिले जनरल वार्डमा सारिएको उनले जानकारी दिए।

दीपकका अनुसार हाल दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ र उनी अझै केही हप्ता अस्पतालमै रहनेछिन्। उनी चाँडै ‘छक्का पञ्जा ६’ निर्देशनको तयारीमा छिन्। उनी अभिनीत नयाँ चलचित्र ‘पार्वती’ भदौ १२ गते प्रदर्शन हुँदै छ।

Leave A Reply

Your email address will not be published.