सुचना, समाचार र मनोरन्जन

‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी

काठमाडौं :

नेपालकै चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ ले उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन् । टप १० मा स्थान बनाउन सफल प्रतिस्पर्धीहरूमा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी रहेका छन्।

हजारौँमा प्राप्त डिजिटल अडिसनबाट नेपालमा पोखरा,बुटवल, इटहरी, काठमाडौँ र इन्डियामा सिलिगुडीमा समेत अडिसन गरिएको थियो। फिजिकल अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूले विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
टप १० मा पुगेका सबै प्रतिस्पर्धीले फरक–फरक शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन र प्रभावशाली स्टेज प्रस्तुति मार्फत निर्णायक र दर्शकको मन जित्दै आएका छन्। आगामी एपिसोडहरूमा उनीहरूबिचको प्रतिस्पर्धा झन् कडा हुने अपेक्षा गरिएको छ।
रेड बुलको प्रस्तुतिमा निर्माण भइरहेको ‘नेपहपको श्रीपेच’ सिजन ३ ले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ। ‘नेपहपको श्रीपेच’ सिजन ३ हरेक मङ्गलवार र बुधवार एपी वान टेलिभिजन तथा ओएसआर रियालिटीमार्फत प्रसारण हुँदै आएको छ।
‘नेपहपको श्रीपेच ३’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् । दामी मिडियाले निर्माण गरिरहेको रहेको नेपहपको श्रीपेच ३ मा भ्योमा, मानस घले, यु.ण्ड.बी र योद्धा निर्णायकको रूपमा रहेका छन् ।
Leave A Reply

Your email address will not be published.