सुचना, समाचार र मनोरन्जन

महेश त्रिपाठी र अन्जना बराइली स्टारर ‘आशा’ को सुटिङ सुरु, राजिव गुरुङको निर्देशन

काठमाडौँ ।

उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सुरू भएको छ। एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ। केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा फिल्मको बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिईन् ।

‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ । साउन महिनाभरमा फिल्मको छायांकन सकिने तयारी अनुरुप सुरुआत गरेका छौँ। हामी नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’, उनले भनिन्।

छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले शट दिएका थिए। फिल्ममा शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला,आशान्त शर्मा, केनिपा सिंह,कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मलाई राजिव गुरुङले निर्देशन गरिरहेका छन्। निर्देशकसँगै कथाकार रहेका गुरुङले फिल्मले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए। उनले फिल्मलाई मनदेखि नै तयार गर्न लागिएको बताए।

फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली,संगीतकार युग भुसाल र समीर खरेल,साउण्ड डिजाइनर किशोर आचार्य,सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन्।

Leave A Reply

Your email address will not be published.