सुचना, समाचार र मनोरन्जन

सभामुखले प्रधानमन्त्रीलाई भने: संसदमा आइदिनुस्

काठमाडौँ,

प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।

उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

‘संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको छ । कसमेसकम सदनमा उपस्थित भएर जवाफ दिनुुस् भनेर सभामुखले आग्रह गर्नुभयो’, स्रोतले भन्यो ।
तर, प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको बुझिएको छ । प्रतिपक्ष दलहरुले लगातार संसदमा प्रधानमन्त्रीको खाजी गरिरहेका छन् । तर, प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर जवाफ दिन चाहिरहेका छैनन् ।

मंगलबार मात्रै पनि प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद भरतबहादुर श्वारले प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनबाट पछि हटेको बताएका थिए।

Leave A Reply

Your email address will not be published.