काठमाडौँ,
रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो।
विवरणअनुसार रसुवामा एक पुरुष, नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जना, धादिङमा पाँच महिला, दुई पुरुष र दुई जनाको लिङ्ग नखुलेको गरी नौ जना तथा चितवनमा एक महिलाको मृत्यु भएको छ।
बाढी प्रभावित क्षेत्रमा ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ।
उद्धार गरिएकामध्ये छ जना काठमाडौं र ३६ जना धुन्चेमा रहेको तथा एक प्रहरीसहित अन्य घाइतेको नुवाकोटमा उद्धार गरिएको विवरणमा उल्लेख छ।