सुचना, समाचार र मनोरन्जन

रसुवा बाढीः १६५ जनाको शव फेला, ५७९ तीर्थात्री बेपत्ता

 

काठमाडौं : रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनुहँमा नौ, चितवनमा ६४, नवलपरासी पश्चिममा पाँच वटा शव पेला परेको छ ।

 

प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४ जना, विभिन्न प्रहरीचौकीमा कार्यरत २८ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिOg\ ।

 

बाढी प्रभावित रसुवाको टिमुरेबाट हवाई उद्धार १२३ जनामध्ये ९४ जना नेपाली र २९ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ ।

यसैबीच, नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट प्रारम्भिक विवरणमा ४६६ जना विदेशी र ११३ जना नेपाली यात्रु बेपत्ता भएका छन् ।

 

“बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ”, प्रवक्ता महतले भनिन्, “बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।”

Leave A Reply

Your email address will not be published.