सुचना, समाचार र मनोरन्जन

रियल हिरो सोनू सूदको प्रतिबद्धता : ‘नेपाल तिमी एक्लो छैनौ, हामी सहयोग लिएर आउँदैछौँ’

काठमाडौँ :

रिल्ममा खलनायक तर रियल लाइफमा नायक रहेका भारतिय अभिनेता सोनू सूदले बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आफू राहत बोकेर नेपाल आउन लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत बाढी प्रभावितलाई खानादेखि आश्रयसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

आफु नेपालीको साथमा रहेको भन्दै उनी आफू स्वयं नेपाल आउने संकेत दिँएका छन्। बुधबार साँझ फेसबुकमार्फत भनेका छन्, ‘नेपाल तिमी एक्लो छैनौ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदैछौं।’

उनको यो भनाईमा धेरैले धन्यवाद भनेका छन्। साथै नेपालमा चर्चित कलाकारहरु विपना थापा,गरिमा शर्मालगायतका सेलिब्रेटीले धन्यबाद दिएका छन्। उनको यो भनाईमा १९ हजारले बधाई तथा ‘रियल हिरो’को उपमा दिएका छन्। उनले यसअघि सन् २०२० मा विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागि भारतमा लकडाउन लागू भएपछि उनले घर फर्किन चाहने मजदुरका लागि आफ्नो निजी खर्चमा घरफर्काएका थिए। उक्त समयमा उनले खुबै तारिफ पाएका थिए।

Leave A Reply

Your email address will not be published.