सुचना, समाचार र मनोरन्जन

विपद् प्रतिकार्यका लागि शक्तिशाली प्राधिकरण र स्वचालित संयन्त्र आवश्यकः मन्त्री लम्साल

काठमाडौँ,

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि विगतको नेपाल पुनर्निर्माण प्राधिकरणजस्तै उच्च अधिकार सम्पन्न र शक्तिशाली निकायको आवश्यकता रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनाबारे छलफलमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।

उनले समानान्तर रूपमा द्रुत गतिमा काम गर्न सक्ने संरचनाको परिकल्पना गर्नुपर्नेमा जोड दिए । मन्त्री लम्सालले विपद्को समयमा राज्यका तल्लो तहका संरचनाहरू स्वतः सक्रिय हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘विपद् आउनासाथ वडा, पालिका, प्रदेश र सिडिओ कार्यालयहरू स्वचालित रूपमा एक्टिभेट हुनुपर्ने थियो, तर त्यसो किन भएन रु’ उनले प्रश्न गरे ।

संयन्त्रहरू सक्रिय हुन नसक्नुका पछाडि रहेका कानुनी र प्रक्रियागत जटिलताहरू पहिचान गरी तत्काल सुधार गर्नुपर्ने उनको भनाइ छ। मन्त्री लम्सालले आगामी दिनमा कुनै पनि विपद् आउँदा कसैको आदेश नकुरी राज्यको संयन्त्रले उद्धार, राहत र पुनर्स्थापनाको काम सुरु गर्ने गरी कानुन संशोधन गर्न योजना आयोगलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

उनले यसबारे ठोस कार्ययोजना तीन दिनभित्र पेस गर्न समेत निर्देशन दिए ।

Leave A Reply

Your email address will not be published.