काठमाडौँ :
नेपालको अग्रणी तथा विश्वसनीय डेरी उद्योगका रूपमा स्थापित सुजल डेरी प्रा.लि. ले आफ्नो आइसक्रिम पार्लर व्यवसायलाई थप विस्तार गर्दै पोखराको पर्यटकीय केन्द्र लेकसाइडस्थित बाराही चोकमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर भव्य रूपमा सञ्चालनमा ल्याएको छ।
नयाँ पार्लरको औपचारिक उद्घाटन सोमबार, १४ सेप्टेम्बर २०२६ का दिन लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बीच सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तित्व, पर्यटन व्यवसायी, च्यानल पार्टनर तथा आइसक्रिमप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
दशकौँदेखि डेरी उद्योगमा हासिल गरेको अनुभव, गुणस्तरप्रतिको प्रतिबद्धता, मापदण्डमा आधारित उत्पादन प्रणाली तथा स्थानीय दुग्ध किसानसँगको सहकार्यलाई उपभोक्ता केन्द्रित प्रिमियम रिटेल व्यवसायमा विस्तार गर्ने उद्देश्यसहित सुजल डेरीले लभबर्ड्स प्रिमियम आइसक्रिम पार्लरलाई अघि बढाएको जनाएको छ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य बाराही चोकमा अवस्थित यो नयाँ पार्लर आधुनिक, आरामदायी तथा परिवारमैत्री वातावरणमा तयार गरिएको छ। लेकसाइड घुम्न आउने स्थानीय तथा पर्यटक दुवैलाई लक्षित गर्दै पार्लरमा आरामदायी ‘डाइन-इन’ (Dine-in) सुविधा तथा छिटो ‘टेकअवे’ (Takeaway) सेवाको व्यवस्था गरिएको छ। पार्लर बिहान १० बजेदेखि बेलुका ११ बजेसम्म खुला रहनेछ। फेवाताल किनारमा घुमफिरपछि आइसक्रिमको स्वाद लिन, साथीभाइ तथा परिवारसँग समय बिताउन र भेटघाटका लागि यो पार्लर उपयुक्त गन्तव्य बन्ने कम्पनीको विश्वास छ।

उत्कृष्ट सामाग्री (Ingredients) प्रयोग गरी स्वादिष्ट तथा उच्च गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको लभबर्ड्सले सबै उमेर र रुचिका उपभोक्तालाई लक्षित गरी आइसक्रिमलाई तीन फरक श्रेणीमा विभाजन गरेको छ:
-
क्लासिक फ्लेभर्स: सानो स्कुप रु. १५० र रेगुलर स्कुप रु. २३०
-
प्रिमियम फ्लेभर्स: सानो स्कुप रु. १७५ र रेगुलर स्कुप रु. २५५
-
एक्जोटिक फ्लेभर्स: सानो स्कुप रु. २२५ र रेगुलर स्कुप रु. ३१०
प्रिमियम आइसक्रिमको अनुभवलाई उपभोक्ताका लागि पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गर्दै लभबर्ड्सका आधिकारिक प्रतिनिधिले पोखराका उपभोक्तालाई विश्वस्तरीय आइसक्रिमको अनुभव सुलभ मूल्यमा उपलब्ध गराउनु आफूहरूको मुख्य उद्देश्य रहेको बताए। “उत्कृष्ट स्वाद र खुसीको एक स्कुप हरेकका लागि पहुँचयोग्य हुनुपर्छ भन्ने हाम्रो विश्वास हो,” उनले भने।

बाराही चोकको नयाँ पार्लर लभबर्ड्सको नेपालभरमा चौथो र पोखरामा दोस्रो आउटलेट हो। यसअघि काठमाडौँको नक्साल (पहिलो), पोखराको चिप्लेढुंगा (दोस्रो) र काठमाडौँको महाराजगञ्ज (तेस्रो) मा यसका पार्लरहरू सञ्चालनमा आइसकेका छन्।
गुणस्तरीय स्थानीय डेरी उत्पादनको प्रवर्द्धनसँगै रोजगारी सिर्जना, स्थानीय पर्यटन र खानपान संस्कृतिमा योगदान पुर्याउने लक्ष्य राखेको कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा आफ्नो रिटेल नेटवर्क र बजारलाई तीव्र रूपमा विस्तार गर्ने योजना बनाएको छ।