काठमाडौँ :
बाढीका कारण उत्पन्न राष्ट्रिय विपत्तिका कारण यस वर्षको ‘१३ औँ छायाँछवि तीज म्युजिक अवार्ड’ को भौतिक कार्यक्रम स्थगित गर्दै नतिजा मात्र सार्वजनिक गरिएको छ। छायाँछवि क्रिएसनले देश शोकमा रहेका बेला औपचारिक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न अनुपयुक्त हुने जनाउँदै अनलाइनमार्फत अवार्डको नतिजा घोषणा गरेको हो।
आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले नियमित रूपमा आयोजना हुँदै आएको अवार्ड समारोह तत्कालका लागि आयोजना नगरिएको हो। परिस्थिति सहज भएपछि पुरस्कृत सर्जकहरूलाई एक छुट्टै कार्यक्रम गरी अवार्ड तथा सम्मान प्रदान गरिने कार्यक्रम संयोजक कृष्णा आचार्य रोशनीले जानकारी दिइन्।

सार्वजनिक नतिजा अनुसार अञ्जु श्रेष्ठको ‘एक वर्षमा एक चोटी’ ले सर्वोत्कृष्ट तीज गीतको उपाधि जितेको छ। त्यसैगरी, सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक र गायिकाको विधामा ‘लाली लपक्कै’ गीतबाट क्रमशः प्रकाश सपुत र निसा सुनार सर्वोत्कृष्ट घोषित भएका छन्।
अन्य विधाहरूमा पुरस्कृत हुनेहरू यस प्रकार छन्:
-
सर्वोत्कृष्ट तीज गीत गायिका: सरिता भारती (‘भिजायो फरिया बर्खैले’)
-
सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका: गंगा गौतम (‘नक्कल पार्ने बानी’)
-
सर्वोत्कृष्ट मौलिक तीज गीत लय: शंकर थापा स्माइल (‘रानीहार’)
-
सर्वोत्कृष्ट तीज गीत लय: मनु पन्त (‘जन्मेर हुर्केको घर’)
-
सर्वोत्कृष्ट तीज गीत शब्द: दीपक शर्मा (‘नौरति फूली’)
-
सर्वोत्कृष्ट भिडियो निर्देशक: गम्भीर विष्ट (‘लाली लपक्कै’)
-
सर्वोत्कृष्ट मोडल महिला: झरना रिसाल (‘माइतीघरको आँगन’)
-
सर्वोत्कृष्ट मोडल पुरुष: सुमन सागर जंग केसी (‘मेरो माया जुनीभरिलाई’)
-
सर्वोत्कृष्ट मोडल नवप्रतिभा: आशा कार्की (‘मेरो माया जुनीभरिलाई’)
-
सर्वोत्कृष्ट एरेन्जर: विपिन आचार्य (‘छमछमी नाचौँ न’)
-
सर्वोत्कृष्ट मिक्सिङ: प्रकाश मिश्र (‘छम छम नाचीदेउ’)
-
सर्वोत्कृष्ट जुरी अवार्ड: रश्मी पाण्डे (‘ह्वीस्की फोरिन्छ’)