सुचना, समाचार र मनोरन्जन

असोज २ मा आउन लागेको ‘झिँगे दाउ २’ को दशैँलक्षित गीत ‘ए माया नजिकै सर’ सार्वजनिक

काठमाडौँ :

काठमाडौँ उपत्यकासहित देशभर असोज २ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झिँगे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक भएको छ। निर्माण पक्षले मंगलबार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत दशैँको माहौल समेटिएको उक्त गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत, रामचन्द्र काफ्ले र शान्तीश्री परियारको स्वर तथा रामजी लामिछानेको कोरियोग्राफी छ। भिडियोमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्ट लगायतका मुख्य कलाकारहरूको अभिनय रहेको छ।

Protin

कपनगढी सिनेमा प्रा.लि. र काठमाडौँस्थित फिल्म क्रियु नेपाल प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रको कथा गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् भने पटकथा तथा संवाद परिच्छेद सेनको छ।

चलचित्रमा केकी, आँचल, महेश र कुशलका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुषाल लगायतका कलाकारहरूको अभिनय रहेको छ। विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको यो चलचित्र बक्स अफिसमा सफल ‘झिँगे दाउ’को दोस्रो भाग हो।

Leave A Reply

Your email address will not be published.