सुचना, समाचार र मनोरन्जन

टीभीएसको दसैँ योजना : पोखरामा असोज १८ देखि मेगा एक्सचेन्ज इभेन्ट

पोखरा,

नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै टीभीएस मोटरसाइकल तथा स्कुटरले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको पोखरास्थित आधिकारिक डिलर स्क्वायर मोटर्स प्रालिले ग्राहकलाई लक्षित गर्दै ‘अचम्मैको दसैँ’ योजना सार्वजनिक गरेको हो।

योजनाअन्तर्गत पोखराको अमरसिंह चौरमा असोज १८ गतेदेखि २६ गतेसम्म ‘दसैँ मेगा एक्सचेन्ज इभेन्ट’ आयोजना हुने स्क्वायर मोटर्सले जनाएको छ। कार्यक्रममा टीभीएसका विभिन्न मोटरसाइकल तथा स्कुटरको खरिद, एक्सचेन्ज तथा परीक्षण सवारीको सुविधा उपलब्ध हुने बताइएको छ।

कम्पनीका अनुसार चाडपर्व योजनाअन्तर्गत टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सकिनेछ। निश्चित योजनाअनुसार ‘गोल्डेन की’ वा शतप्रतिशत नगद फिर्ताको अवसरसमेत रहेको कम्पनीले जनाएको छ।

पुराना जुनसुकै ब्रान्डका मोटरसाइकल तथा स्कुटर साट्न चाहने ग्राहकका लागि बजारमै उच्च मूल्यांकनको सुविधा उपलब्ध गराइएको छ। साथै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा लक्की ड्रमार्फत हरेक साता एक जना भाग्यमानी ग्राहकलाई २.५ ग्राम सुनको सिक्का जित्ने अवसर रहेको जनाइएको छ।

Chaka Panja

विद्युतीय स्कुटर खरिदमा पनि विशेष छुटको व्यवस्था गरिएको छ। टीभीएसका विद्युतीय स्कुटर खरिद गर्दा १० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

स्क्वायर मोटर्सले पोखरामा टीभीएसका विभिन्न मोडल उपलब्ध गराउँदै आएको छ। स्कुटरतर्फ १२५ सीसीका टीभीएस एनटर्क एक्सपी, एनटर्क रेस एडिसन र एनटर्क डिस्क एफआई तथा ११० सीसीको टीभीएस जुपिटर उपलब्ध छन्।

त्यस्तै, मोटरसाइकलतर्फ १२५ सीसीको टीभीएस रेडर, ११० सीसीको टीभीएस रेडियन तथा टीभीएस अपाचे आरटीआर सिरिजअन्तर्गत १६० २भी, १६० ४भी र २०० ४भी मोडल उपलब्ध रहेको कम्पनीले जनाएको छ। रेट्रो क्लासिक डिजाइनको टीभीएस रोनिन २२५ सीसी पनि योजनाअन्तर्गत उपलब्ध हुनेछ।

विद्युतीय सवारीतर्फ टीभीएस आईक्युबका ३.० र ३.५ भेरियन्ट तथा टीभीएस अर्बिटर उपलब्ध रहेको कम्पनीले जनाएको छ। टीभीएस आईक्युबको ब्याट्री, मोटर र एमसीयूमा पाँच वर्षसम्मको वारेन्टी उपलब्ध रहेको पनि कम्पनीको दाबी छ।

अमरसिंह चौरमा आयोजना हुने एक्सचेन्ज इभेन्टमा ग्राहकले मोटरसाइकल तथा स्कुटरको परीक्षण सवारी गर्न सक्नेछन्। परीक्षण सवारीमा सहभागी हुने ग्राहकलाई समेत आकर्षक उपहार उपलब्ध गराइने स्क्वायर मोटर्सले जनाएको छ।

टीभीएसका मोटरसाइकल तथा स्कुटरसम्बन्धी थप जानकारीका लागि ग्राहकले स्क्वायर मोटर्सको नयाँ बजार, पोखरास्थित सोरुममा ९८०१९३५७५२, तालचोक, पोखरामा ९८०२८५३४८४ र वाडखोला, स्याङ्जामा ९८०२८५८४२१ मा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै, प्रस्याङ्ग स्थित वर्कसप तथा पार्ट्सका लागि ९८०१९३५७६० तथा नयाँ बजार, पोखरास्थित विद्युतीय स्कुटरसम्बन्धी सेवाका लागि ९८०२८५३८६९ मा सम्पर्क गर्न सकिने स्क्वायर मोटर्सले जनाएको छ।

Leave A Reply

Your email address will not be published.