सुचना, समाचार र मनोरन्जन

प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो

काठमाडौं :

चलचित्र ‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ। साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो।

Chaka Panja

हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको निर्माता सुमन गिरीले जानकारी दिए। यो अवधिसम्ममा चलचित्रका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन्। गत सोमबार चलचित्र विकास बोर्डको सिनेपाः विवरणअनुसार ११ असोजसम्म ‘गौंथली’को कमाइ २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ ग्रस कमाइ गरेको उल्लेख थियो।

नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बनिसकको ‘गौँथली’ ‘पूर्ण बहादुरको सारङ्गी’पछि सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र हो। डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्।

Leave A Reply

Your email address will not be published.