सुचना, समाचार र मनोरन्जन

प्रथम ‘किङ्स कप’ भलिबलको तयारी तीव्र, विजेतालाई ४ लाख पुरस्कार

पोखरा,

पोखरामा आयोजना हुन लागेको प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा आगामी मंसिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो।

कार्यक्रम संयोजक थमन गुरुङका अनुसार प्रतियोगितामा नेपालका ६ उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन्।

Pach Pandav

प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार र तृतीय हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

राष्ट्रियस्तरका उत्कृष्ट टोलीसँगै विदेशी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगिताले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने आयोजकको विश्वास छ। प्रतियोगितामार्फत पोखराको खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय भलिबलको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

प्रतियोगिताको तयारी तथा व्यवस्थापनका लागि क्लबका अध्यक्ष अशोक गुरुङ, सचिव अशोक थापा, कार्यक्रम संयोजक थमन गुरुङ र खेल संयोजक बुद्ध सिंहले जिम्मेवारी सम्हालेका छन्।

Leave A Reply

Your email address will not be published.