सुचना, समाचार र मनोरन्जन

विवेक थापाले ‘जेरी अनटप’पछि ‘बाटुलो जुन’मा गरे करोड लगानी,दुवै फिल्मले गरे लगानी सुरक्षित

काठमाडौं :

भुवन केसीको निर्देशकिय फिल्म ‘बाटुलो जून’ २५ लाखमा निर्माण भएको चर्चा चल्यो। एउटै कलाकारको पारिश्रमिक २५ लाखभन्दा बढि लिन्छन्,अब २५ नै लाखमा फिल्म बन्यो होला त? यतिबेला यस फिल्मका निर्देशक तथा निर्मातालाई धेरै सोधिएको प्रश्न हो। तर यस फिल्मका सहायक निर्माता विवेश थापालाई पनि यो फिल्मको लगानीका प्रश्नले छाडेको छैन।

Pach Pandav

विवेकले यो फिल्ममा सहायक निर्माता हुँदा नै आफुले एक करोड लगानी गरेको खुलासा गरेका छन्। जिया केसी भविष्य खड्का निर्माताको लगानी कति हो नभनेता पनि सहायक निर्माता विवेक थापाले भने आफ्नोतर्फबाट एक करोड लगानी गरेको दाबी गरेका छन्।विवेकले ‘बाटुलो जून’मा कूल लगानीको २५ प्रतिशत लगानी गरेका हुन्। पोखराकै रैथाने भएकाले उनी आफ्नो व्यवसाय तथा कारोबार पोखराबाटै सम्हाल्दै आएका छन्।

यसअघि विवेशले ‘जेरी अनटप’लगानी गरेका थिए। बाटुलो जुनले ६ करोडमाथीको व्यापार गरेपछि उनको लगानी सुरक्षित भइसकेको छ। साथै यसअघिको फिल्मले पनि उनलाई नाफा नै गराएको थियो।विवेक भन्छन्, ‘मैले दुईवटा फिल्ममा लगानी गरेँ,दुवै फिल्मबाट घाटा व्यहोर्नु परेको छैन।’

उनी अहिलेको ‘बाटुलो जून’बाट पनि २५ प्रतिशत लगानी र्हेको र यसबाट पनि राम्रै मुनाफा पाउने देखिएको बताउँछन्। फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भुमिका रहेको छ। अनमोल र प्रिन्सीसँगै फिल्ममाभुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी लगायतको अभिनय छ। सन्राइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्। विवेक थापा सहनिर्माता रहेको यस फिल्ममा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन छ।

Leave A Reply

Your email address will not be published.