सुचना, समाचार र मनोरन्जन

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लियो

काठमाडौँ,

काठमाडौँको वायु प्रदूषण थप बढेको छ । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ ।

वायु गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान ६ देखि ७ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ । यसअघि बिहान ५ देखि ६ बजेसम्म काठमाडौँ १५८ एक्यूआईसहित ११औँ स्थानमा थियो ।

Pach Pandav

एक घण्टामै काठमाडौँको एक्यूआई १४ अंकले बढेको छ । एक्यूआई १५१ देखि २०० सम्मको अवस्थालाई अस्वस्थकर मानिन्छ ।

विश्वका प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो स्थानमा छ । दोस्रोमा बंगलादेशको ढाका २०८, तेस्रोमा भारतको कोलकाता १९९ र चौथोमा भारतकै दिल्ली १८३ एक्यूआईसहित छन् ।

त्यस्तै, उज्बेकिस्तानको तास्कन्द छैटौँ, इन्डोनेसियाको जकार्ता सातौँ र भारतको मुम्बई आठौँ स्थानमा छन् ।

काठमाडौँको वायु प्रदूषण बढ्दै जाँदा बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक रहेको स्वार्थकर्मीहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.