काठमाडौँ,
नेपाली बजारमा आज भने सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला २ हजार ८०० ले सुनको मूल्यमा गिरावट आएको भएपनि सोमबार भने ४ हजार ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख ४७ हजार ४०० रूपैंयाँ कायम भएको छ ।
अघिल्लो हप्ता शुक्रबार प्रतितोला १२ हजार ६०० रूपैँयाँले मूल्य घटेको सुन आइतबार भने १ हजार ५०० ले घटेको थियो । सोमबार १ हजार १०० र मंगलबार १ हजार ९०० ले घटेको थियो ।

यस्तै बुधबार ६ हजार ३०० ले सुनको मूल्य गिरावट भयो । शुक्रबार बिहीबार ३ हजार ३०० ले गिरावट आयो भने शुक्रबार १२ हजार २०० ले घटेको थियो ।
यता आज चाँदीको मूल्य पनि बढेको छ । ४५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ३ हजार ११० रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा कारोबार भएको थियो ।