काठमाडौँ :
एक साता लामो पश्चिम नेपालका विभिन्न जिल्लाको यात्रा सकेर फिल्म ‘बाटुलो जुन’को टिम पुर्वतर्फ लागेका छन्। फिल्मका निर्देशक भुवन केसी, नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडासहितको टिम विराटनगर,धरान,झापा दमक लगायतका हलमा दर्शक भेट्न हिडेका हुन्।

यो टिम पश्चिम नेपालका विभिन्न शहरमा पुगेर दर्शक भेटघाटपछि काठमाडौँ फर्किएको थियो। काठमाडौं फर्किए लगत्तै पुर्व लागेको निर्माण पक्षले जानकारी दिएको छ। सोही कारण पनि कलाकार तथा निर्माण पक्ष व्यस्त बने।दाङबाट सुरु भएको दर्शक भेटघाट कार्यक्रम नेपालगञ्ज, धनगढी, चितवन र पोखरासम्म चलेको थियो। यसअघि फिल्म ‘जेरीः अन टप’का लागि नायक अनमोल केसी दाङ र नेपालगञ्ज पुगेका थिए। तर, यसपटक भने उनी पश्चिमका अधिकांश हलमा पुगे।
नायक अनमोल केसीको क्रेज हलमा लोभलाग्दो देखियो। उनलाई भेट्नका लागि दर्शकहरु बिहानैबाट हलमा पुगेका थिए। दिनभर अनमोल आउने आशामा अनमोलमा पुगेर बसेका दर्शक समेत हलमा भेटिएका थिए। पश्चिम नेपालका अधिकांश हलमा यो फिल्मले लोलभाग्दो व्यापार गरिरहेको छ। दर्शकको अथाहा प्रेम पाएका अनमोल केसी निकै खुशी देखिएका थिए। अनमोलसँग तस्वीर खिचाउन दर्शको भीड लागेको थियो। यस्तै, फिल्मका निर्देशक तथा नायक भुवन केसीलाई भेट्न पाउँदा पनि दर्शक निकै उत्साहित देखिएका थिए। भुवनले पश्चिम नेपालले दिएको मायाले आफू भावुक भएको सुनाए।
पहिलो फिल्ममै नायिका प्रिन्सी खतिवडाले दर्शकको उच्च साथ पाइन्। पश्चिम नेपालका दर्शकबाट पाएको मायाले प्रिन्सी उत्साहित देखिइन् प्रिन्सीलाई दर्शकले ‘माउसुली, छत्कुल्ली’ लगाएका नामले बोलाएका थिए। यो फिल्मले ११ दिनमा बक्स अफिसमा ८ करोड ३५ लाख भन्दा बढीको ग्रस कलेक्शन गरिसकेको छ । यो आक्रामक व्यापारमा पश्चिम नेपालको योगदान पनि उच्च देखिएको छ। जिया केसी र भविष्य खड्काको निर्माणमा विवेक थापा सह–निर्माता रहेको फिल्मको कथा सामिप्यराज तिमिल्सिना र सरिन पोखरेलले मिलेर लेखेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, युग भुसाल र एस।डी योगीको संगीत छ ।