सुचना, समाचार र मनोरन्जन
tigar

आनन्द कार्की र मिलन नेवारले ल्याए एकै पल्टमा

काठमाडौँ :

गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको एकै पल्टमा बोलको गीतको भिडियो रिलिज गरिएको छ। गायक कार्की स्वयमकै अफिसियल च्यानलबाट रिलिज गरिएको गीतमा प्रकाश पुञ्जका शब्दमा शिखर सन्तोषले संगीत भरेका छन्।

sfal

जसमा फणिन्द्र राईको एरेन्ज रहेको छ ।प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्धय सुशान्त ढकाल र साक्षी लम्सालको बेजोड अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको  यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक  सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन्।

भिडियोका मोडल सुशान्तले यो गीतबाट आँफुले निकै नै आशा गरेको बताएका छन्। र्याम्प हुँदै  म्यूजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी, लगायतका भिडियो बजारमा आइसकेका छन्। सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन ।

Leave A Reply

Your email address will not be published.