
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार
- आज पोखरामा बिपुल क्षेत्रीको स्वर गुञ्जिँदै, बाराहीघाटमा लाइभ कन्सर्ट हुँदै
- आधुनिक उपचार पद्धतीको अवभावमा उपल्लो डोल्पाबासीलाई ‘आम्ची’को भर
- मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
- वर्षाले काठमाडौंको जनजीवन प्रभावित
- जडीबुटी बेचेर चार करोड राजस्व असुली
- भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरुमा सतर्कता
- मुख्यमन्त्रीसहित निर्णायक छलफलबाट १९ अलपत्र आयोजनाको निकास खोजिँदै
- मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट
- कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने
परराष्ट्रमन्त्री डा राणा इटाली प्रस्थान
काठमाडौँ,
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन २८ देखि जुलाई ४’ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उहाँले सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । उनले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन।
उक्त सम्मेलनपश्चात् परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनेछन । उनलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।