Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भदौ ९ गते मंगलबार सिद्दिविनायकको दर्शन गरि राशिफल पढ्नुहोस
- ग्लोबल फिनटेक फेस्ट २०२६ : पेटिएमले जितेको विधामा यसपटक नेपाली कम्पनी आइमार्कको प्रतिस्पर्धा
- विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री
- सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन
- ‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
- ‘मिसेस ग्राण्ड ग्लोबल वुमन २०२६’ मा अन्तर्राष्ट्रिय सफलतापछि हाउस अफ फेसनद्वारा ‘मिसेस भोग सीजन फोर’ को घोषणा
- ‘वीर गणेशमान’ ऐतिहासिक नाटक भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने
- ८ वर्षपछि रेखा थापाको कमब्याक: सार्वजनिक भयो तीज गीत ‘नक्कल पारी’
- कञ्चनजङ्घा घुम्न आए एक हजार ३३१ विदेशी पर्यटक
- सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
परराष्ट्रमन्त्री डा राणा इटाली प्रस्थान
काठमाडौँ,
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन २८ देखि जुलाई ४’ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उहाँले सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । उनले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन।
उक्त सम्मेलनपश्चात् परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनेछन । उनलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।