काठमाडौँ :
अभिनेत्री आशा पौडेल लामोसमयको अन्तरालमा अभिनयमा फर्किएकी छन्। ग्रिन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘प्रेम गीता’मार्फत अभिनयमा कमब्याक गरेकी हुन्।
जुन फिल्म केहि दिनअघिबाट काभ्रे जिल्लाको पाँचखालबाट छायांकन भइरहेको छ। यसैबिचमा १३ वर्ष देखि नेपाली चलचित्र क्षेत्रबाट पलायन नायिका आशा पौडेलको समेत कम ब्याक हुने भएको छ ।
एक दशकअघि आफ्नो परिवारसँग भारतको दिल्लीमा बस्दै आएकी पौडेल फिल्म ‘प्रेम गीता’बाट अभिनयमा फर्किएको बताइन्।
उनले यसअघि फिल्म ‘जिन्दगी, दाइको ससुरली’लगायतमा अभिनय गरेकी छन्। लामो समयको अन्तरालमा अभिनयमा फर्कदा पुराना फिल्ममा काम गर्दाको यादहरु आएको उनको भनाई छ।
यता निर्देशक राजेन्द्र बस्नेतको ‘प्रेम गीता’ डेब्यू निर्देशन हो। यसअघि फिल्म ‘कम्पन’ ‘काउसो’लगायत फिल्ममा निर्माण गरेका थिए। यस पटक भने आफैले निर्देशनमा हात हालेका छन्।
फिल्ममा सुशील पोखरेल देखि जाह्नवी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), लगायतका कलाकारहरुले अभिनय गर्नेछन्। साथै उनले मस्ट वान्टेड, आवारा, कम्पन्न जस्ता थुप्रै नेपाली फिल्ममा अभिनय गरिसकेका छन्।निर्देशक बस्नेतका अनुसार काठमाडौँ र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा फिल्म छायाङ्कन हुनेछ।
यो फिल्ममा कथाकार सीताराम ढुङ्गेल (सीरा अगस्त्य) हुन भने पटकथा तथा संवाद मौनता श्रेष्ठले लेखेका छन्। रामेश्वर हुँमागाईंको छायाङ्कन, भरत बस्नेतको सङ्गीत, राजु किराँतको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफि रहने निर्माण पक्षको भनाई छ।