सुचना, समाचार र मनोरन्जन

‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज

काठमाडौं :

फिल्म ‘अगस्त्य’ को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ । यो फिल्ममा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, निर्माण पक्षले बिहिबार फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको लुक्स सार्वजनिक गरेको हो।

फिल्म ‘दिमाग खराब’मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए । अब, फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’मा पनि उनको महत्वपूर्ण भूमिका रहेको खुलेको हो ।सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म भित्र अन्य थुप्रै सरप्राइजहरु रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले निश्चलको गेटअप सार्वजनिक गरेपछि दर्शकको उत्साह अझै बढ्ने निश्चित छ ।

यो फिल्ममा निश्चललाई ‘अजित’ पात्रको भूमिकामा देख्न सकिन्छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि मुख्य भूमिका छ ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

Leave A Reply

Your email address will not be published.