आइतबार राति तिरुवनन्तपुरमबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको उडान एआई२४५५ ले चेन्नईमा आपत्कालीन अवतरण गरेको छ। एयर इन्डियाले प्राविधिक गडबडी र खराब मौसमलाई यसको कारण बताएको छ।
विमानमा सवार कांग्रेस सांसद केसी वेणुगोपालले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘पहिलो प्रयासमा चेन्नईमा अवतरण गर्न खोज्दा अर्को विमान रनवेमा देखिएको कारण पाइलटले पुनः विमानलाई हावामा उडाए र दोस्रो प्रयासमा सुरक्षित अवतरण गरियो।’ उनका अनुसार, विमानमा धेरै सांसद र अन्य यात्रुहरू सवार थिए र ठूलो दुर्घटना हुनबाट जोगिएको हो।
तर, एयर इन्डियाले सांसदको दाबी अस्वीकार गर्दै भन्यो, ‘चेन्नईतर्फ उडान डाइभर्ट गर्ने निर्णय सावधानीका रूपमा लिइएको हो, किनभने विमानमा प्राविधिक समस्या र खराब मौसम थियो। पहिलो अवतरण प्रयासको क्रममा चेन्नई एयर ट्राफिक कन्ट्रोल ९एटीसी० ले गो(अराउन्डको निर्देशन दियो, तर यो रनवेमा अन्य कुनै विमान भएको कारणले थिएन।’
एयर ट्राफिक ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार, उक्त उडान साँझ ८स्१७ मा तिरुवनन्तपुरमबाट उडेको थियो र राति १०स्४५ बजे दिल्ली पुग्ने तालिका थियो।