सुचना, समाचार र मनोरन्जन

आठजना नेपाली हास्यकलाकारले अमेरिका हँसाउदै

काठमाडौं :

Chaka Panja

नेपालमा चर्चित हास्यकलाकारहरु यति बेला अमेरिकाका विभिन्न स्थानमा हँसाउदै छन्। ‘अब हाँस्छ अमेरिका’ नाम दिइएको यो टूरमा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा अमेरिका टूरमा छन् ।

फेब्रुअरी ३ मा टेक्सास राज्यको ड्यालसमाका कार्यक्रमको आयोजना गरिएको छ। शनिबारको दिन पारेर आयोजकले एसएसलपीएस कन्फ्रेन्स एण्ड ब्यांक्विट सेन्टरमा ‘अब हाँस्छ अमेरिका’को टेक्सस संस्करण हुन लागेको हो । आयोजकका अनुसार नर्थ क्यारोलिनादेखि सुरु भएको ‘अब हाँस्छ अमेरिका’ टूर थप १५ वटा सहरमा आयोजना हुनेछ।

Leave A Reply

Your email address will not be published.