सुचना, समाचार र मनोरन्जन

रेडियोबाट अस्वीकृत अभिनेता,बलिउडका सर्वोच्च सुपरस्टार बने अमिताभ बच्चन

नयाँदिल्ली :

भारतीय फिल्म उद्योगका महानायक अमिताभ बच्चनले अभिनय यात्राको सुरुवाती चरणमा अस्वीकृति भोगे पनि निरन्तर संघर्ष र मेहनतका कारण आफूलाई बलिउडको सर्वोच्च स्थानमा स्थापित गरेका छन्।

अमिताभ बच्चनलाई करियरको प्रारम्भमा अल इन्डिया रेडियोले आवाज भारी भएको भन्दै अस्वीकार गरेको थियो। यद्यपि, यही आवाज पछि उनको पहिचान र सफलताको आधार बन्यो। सन् १९६९ मा सात हिन्दुस्तानी मार्फत फिल्मी यात्रा सुरु गरेका बच्चनले जञ्जीर (१९७३) पछि ‘एंग्री यंग म्यान’को छवि निर्माण गरे।

१९८० को दशकमा बलिउडमा वर्चस्व जमाएका बच्चन १९८४ मा राजनीतिमा प्रवेश गरी इलाहाबादबाट लोकसभा सदस्य निर्वाचित भए । तर केही समयपछि नै राजनीतिबाट अलग हुँदै पुनः फिल्म क्षेत्रमा फर्किए।

१९९० को दशकको अन्त्यतिर अमिताभ बच्चन आर्थिक संकटमा परे। उनको कम्पनी ABCL डुबानमा गएपछि उनी ऋणमा परे पनि टेलिभिजन शो कौन बनेगा करोडपति बाट पुनरागमन गर्दै करियर पुनः उचाइमा पुर्‍याए।

अमिताभ बच्चनले अभिनयका साथै अन्तर्राष्ट्रिय फिल्म द ग्रेट ग्याट्स्बी मा पनि काम गरेका छन्। उनले पद्मश्री, पद्मभूषण, पद्मविभूषण र दादा साहेब फाल्के अवार्डसहित भारतका प्रमुख नागरिक सम्मान प्राप्त गरिसकेका छन्।

८० वर्ष नाघिसक्दा पनि बच्चन सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा सक्रिय रहँदै आएका छन्। उनलाई निरन्तर संघर्ष, अनुशासन र पुनरुत्थानको उदाहरणका रूपमा हेरिन्छ।

Leave A Reply

Your email address will not be published.