सुचना, समाचार र मनोरन्जन

आफुले आफैलाई लक्की अभिनेत्री त कसरी बन्नु र है अञ्जना जी?

काठमाडौं :

फिल्म ‘महापुरुष’बाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी अन्जना बराईलीका अधिकांश फिल्म सफल छन्। यसपछि उनले अभिनय गरेका फिल्मको संख्या हेर्ने हो भने पुजार सार्की र पूर्ण बहादुरको सारङ्गी’ बबालै चले। अझ उनले अभिनय गरेको फिल्म ‘पुर्णबहादुरको साराङ्गी’ले त नेपाली फिल्म बजारकै इतिहासमा सर्वाधिक व्यापार गर्यो। जुन फिल्म गत वर्ष प्रदर्शन भएको थियो। यस बाहेक उनले अभिनय गरेका केहि फिल्म भने चलेनन्। उनले अभिनय गरेको फिल्म ‘डोरी’व्यवसायिक रुपमा असफल भयो। उनी यसलाई पनि स्वीकार गर्छिन्।

अब उनको प्रदर्शनका लागि तयारीमा रहेको फिल्म ‘परान’ हो। जुन फिल्म कातिक १४ गतेबाट अलनेपाल प्रदर्शन हुँदैछ। यतिबेला उनी यो फिल्मको प्रचारप्रसारमा लागेकी छन्। यसैक्रममा उनले आफुलाई लक्की नायिका नभन्न आग्रह गर्न थालेकी रैछिन्। फिल्म चलेपछि पनि अञ्जनालाई दर्शकले सोचे अनुसार चिन्न नसकेपछि उनी आफुलाई अनलक्की पो महसुस गर्दैछिन् कि।

दर्शकले ‘लक्की नायिका’ भनेपछि आफुलाई किन लक्की नायिका नभन्नु र? नेपाली फिल्मकै इतिहासमा व्यापार गर्ने फिल्ममा अभिनय गरेपछि। कि कसो हो अञ्जनाजी,आफुले आफुलाई लक्की अभिनेत्री पनि भनिहाल्न पनि त मुख लाग्दैन नि हैनर?

गसिप##

Leave A Reply

Your email address will not be published.