काठमाडौं :
अभिनेता अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म‘जेरी अन टप’को निर्देशक फेरिएका छन् । हेमराज बीसीले निर्देशन गर्ने भनिएको फिल्ममा सुयोग गुरुङको प्रवेश भएको छ ।
निर्माता सरोज न्यौपानेका अनुसार आपसी सहमतिमै निर्देशक फेरिएका हुन्। वैशाखदेखि छायांकनमा जाने यो फिल्मको टिजर भिडियो खिच्न फिल्मको टिम यसै साता मुस्ताङ जाँदैछ । सोही टिजर भिडियोमार्फत फिल्मको औपचारिक घोषणा हुने निर्माण पक्षको भनाई छ । फिल्ममा अनमोलका अलवा आना शर्मा र पूर्णिका सिंजापतिको मुख्य भुमिका रहने छ।
