सुचना, समाचार र मनोरन्जन

‘फर्की फर्की’को ‘अनाउन्समेन्ट’ टिजरमा अनमोलको कमजोर प्रस्तुती

काठमाडौं :

नेपाली फिल्मको पछिल्लो पुस्ताका आशा लाग्दा अभिनेता अनमोल केसीको अभिनय भन्दा पनि लुक्सको चर्चा हुन्छ । धेरैले उनको अभिनयमा खोट लगाउदै आएका छन्।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘छड्के २’ले उनको करियरमा नै प्रश्न खडा गरेको थियो। उनले यो फिल्म जीवनकै असफल बनेपछि माफी समेत मागेका थिए। केहि समयको विश्रामपछि उनी अभिनयमा फर्किएका छन्।उनले अभिनय गर्न लागेको फिल्म ‘फर्की फर्की’को ‘अनाउन्समेन्ट’ टिजरमा रिलिज भएको छ। टिजरमा पनि उनको अभिनय बलियो देखिएन। उनका डाइलक वजनदार र अर्थपूर्ण सुनिएका छन् ।

Chaka Panja

आगामी कात्तिक अन्तिमबाट छायांकन हुने यस फिल्ममा निर्देशक सुयोग गुरुङको लेखन तथा निर्देशन रहनेछ । उनले यस अघि‘सानो मन’फिल्म निर्देशन गरेका थिए।रोहित अधिकारी र ओम अग्रवालले निर्माण गर्न लागेको फिल्मको सह–निर्माताको रुपमा मनोज वली र राम न्यौपाने छन् । फिल्ममा अनमोलसँगै अभिनेत्री जसिता गुरुङको पनि मुख्य भुमिका रहने छ।

आलोक शुक्लाको छायांकन रहने फिल्ममा रोमन बज्रचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, रोमन बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र निर्देशक गुरुङ स्वयंको सम्पादन रहनेछ । लभस्टोरी कथावस्तुमा निर्माण हुन लागेको फिल्म अर्को वर्ष प्रदर्शन हुने निर्माण पक्षको भनाई छ ।

Leave A Reply

Your email address will not be published.