
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
अपि हिमाल आरोहणका लागि १५ सदस्यीय टोली प्रस्थान
काठमाडौँ,
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमालको पहिलो पटक आरोहण हुने भएको छ ।
उक्त प्रयोजनका लागि १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही टोलीलाई बिदाइ गरे । उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे ।
नेपाल सरकारले हालैमात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो ।

बिदाइ कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै शेर्पा तथा गैर–शेर्पा आरोहीको संयुक्त प्रयासले हिमालारोहणका क्षेत्रमा नयाँयुगको सुरुआत हुने विश्वास व्यक्त गरे।
“यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ”, मन्त्री पाण्डेले भने ।
अपि गाउँपालिकाबाट संलग्न टोलीमा १५ जना आरोही सहभागी छन् । आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणका क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ ।
Next Post