सरु घिमिरे / परिचय
पर्यटकी नगर पोखराको व्यस्त सिद्धार्थचोक। सधैँ मानिसहरूको आउजाउ, सवारीको चाप र सहरिया जीवनको हतारो । यही भिडभाडका बीच एउटा यस्तो चौतारी छ, जसले केवल समुद्रपारका सपनाका लागि परामर्श मात्र बाँड्दैन, बरु स्वदेशमै रहेका युवाहरूको सिर्जना, पसिना र आत्मविश्वासमा पनि मलजल गरिरहेको छ । त्यो चौतारी हो एप्लाइ हब एडुकेसनल नेटवर्क ।
नेपालमा शैक्षिक परामर्शदाता संस्थाहरूको बाढी नै आएको छ । तर, त्यो बाढीमा पनि एप्लाइ हबले आफ्नो छुट्टै रैथाने पहिचान र फरक प्रकारको योजना निर्माण गरेको छ । यसको कारण हो एप्लाइ हबको उद्देश्य केवल विद्यार्थीलाई जहाज चढाउनु मात्र होइन, उनीहरूको जीवनको जहाजलाई सही दिशा र सन्तुलन दिनु पनि हो ।

व्यवसाय गर्नेहरूले अक्सर नाफाको जोडघटाउ गर्छन् । तर, एप्लाइ हबका सञ्चालक तथा प्रबन्ध निर्देशक कमलसिंह खड्काको कार्यशैली अलि बेग्लै छ । उनले व्यवसायलाई सामाजिक धर्मसँग जोडेका छन् । हालै मात्र एप्लाइ हबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एकै महिनामा ४ लाख २१ हजार रुपैयाँ विभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा सहयोग गरेर एउटा उदाहरणीय मानक खडा गरेको छ ।
“हामीले जुन समाजमा टेकेर व्यवसाय गर्छौँ, त्यही समाजलाई केही न केही गुरुदक्षिणा’ फर्काउनु हाम्रो कर्तव्य हो,” खड्का भन्छन्, “हाम्रो लगानी केवल विज्ञापनमा होइन, युवाहरूको आत्मविश्वास र नवप्रवर्तनमा हुनुपर्छ भन्ने मेरो अडान हो ।” उनले यो रकम खेलकुद, शिक्षा, नवप्रवर्तन र युवा नेतृत्वलाई टेवा पुग्ने गरी खर्चिएका छन् ।
एप्लाइ हबको सहयोगको दायरा निकै फराकिलो छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय इन्जिनियरिङ क्याम्पसमा ‘योद्धाज’ र ‘भेक्टर’ जस्ता कार्यक्रमहरू हुन् वा फुटबल प्रतियोगिता, एप्लाइ हबले ‘टाइटल स्पोन्सर’ बनेर विद्यार्थीहरूको उत्साहमा घिउ थप्ने काम गरेको छ । इन्जिनियरिङका विद्यार्थीहरूको बौद्धिक कसरत र शारीरिक स्फूर्तिका लागि कमलसिंह खड्काले देखाएको यो उदारताले विद्यार्थीहरूमाझ उनलाई ‘अभिभावक’ का रूपमा स्थापित गरेको छ ।
त्यति मात्र होइन, पृथ्वीनारायण बहुमुखी क्याम्पसका माइक्रोबायोलोजीका विद्यार्थीहरूलाई शैक्षिक अवलोकन भ्रमणका लागि सहयोग गरेर उनले ‘सिकाइलाई कक्षाकोठा बाहिर’ पुर्याउने मर्मलाई आत्मसात् गरेका छन् । तनहुँको शुक्लागण्डकीस्थित भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई भलिबल प्रतियोगितामा सहभागी गराउन होस् या जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई ‘हल्ट प्राइज’ जस्ता व्यवसायिक सोच प्रस्तुत गर्ने मञ्च प्रदान गर्न, एप्लाइ हब सधैँ अग्रपङ्क्तिमा उभिएको छ ।
खड्काको मान्यता छ, “किताबी ज्ञानले मान्छेलाई साक्षर त बनाउला, तर संसार बुझ्न र नेतृत्व गर्न त मैदानमै उत्रिनुपर्छ । त्यसैले हामीले विद्यार्थीका हरेक पाइलामा सानो भए पनि वैशाखी बन्ने प्रयास गरेका हौँ ।”

ठूला सहरका चिल्ला क्याम्पसहरूमा मात्र एप्लाइ हबको आँखा छैन । प्रबन्ध निर्देशक खड्काले निकै गुपचुप र शालीन ढङ्गले विपन्न बालबालिकाहरूको शैक्षिक स्तर उकास्न पनि हात बढाएका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामग्री वितरण गरेर उनले ‘अक्षरको खेती’ मा नयाँ आशाको बीउ रोपेका छन् ।
प्रचारको होहल्लाभन्दा पर रहेर गरिएको यो सहयोगले एप्लाइ हबको मानवीय अनुहार छर्लङ्ग पार्छ । समाजका सिमान्तकृत वर्गका बालबालिकाले जब नयाँ कपी र कलम हातमा लिन्छन्, तब उनीहरूको अनुहारमा देखिने खुसी नै एप्लाइ हबका लागि सबैभन्दा ठूलो ‘कमीसन’ हुने खड्काको तर्क छ ।
शिक्षा र खेलकुद मात्र होइन, एप्लाइ हबले मानिसको मानसिक शान्ति र आत्मिक शुद्धीकरणलाई पनि उत्तिकै महत्त्व दिएको छ । समाजमा प्रेम, सम्मान र सकारात्मक सोच फैलाउने उद्देश्यले पोखरामा आयोजना गरिएको ‘ओशो मेगा क्याम्प’ मा एप्लाइ हबले गरेको प्रायोजन यसैको कडी हो ।
“मान्छे विदेश गएर पैसा मात्र कमाएर हुँदैन, ऊसँग शान्त मन र सुखी हृदय पनि हुनुपर्छ,” ओशो शिविरलाई साथ दिन पाउँदाको खुसी साट्दै खड्का भन्छन्, “भौतिक र वैदेशिक प्रगतिसँगै आन्तरिक शान्ति पनि अनिवार्य छ भन्ने हामीले महसुस गरेका छौँ ।”
एप्लाइ हब केवल पोखरा र तनहुँमा मात्र सीमित छैन । यसले बेलायत, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, अमेरिका र आयरल्याण्डका विश्वविख्यात शैक्षिक संस्थाहरूसँग प्रत्यक्ष सहकार्य गरेको छ । विद्यार्थीलाई कुन देश जाने, कुन विषय पढ्ने र कुन विश्वविद्यालय छनोट गर्ने भन्ने विषयमा दिइने यथार्थपरक परामर्श नै यसको ‘ब्रान्ड भ्यालु’ हो ।

अझ रोचक र लोभलाग्दो पक्ष त के छ भने, भिसा प्राप्त गरेपछि पनि एप्लाइ हबले विद्यार्थीको हात छोड्दैन । युके सपोर्ट कार्यालयकी सबिता खड्काका अनुसार, युके पुग्ने विद्यार्थीहरूलाई निःशुल्क एयरपोर्ट पिकअप, एक महिनासम्म निःशुल्क आवास, कतिपय अवस्थामा निःशुल्क जहाज टिकट र ल्यापटप जस्ता सुविधाहरू प्रदान गरिन्छ । यो सुविधाले पराई मुलुकमा पहिलोपटक पुग्ने विद्यार्थीका लागि ‘आफ्नै मान्छे’ भेटिएको आभास दिलाउँछ ।
भविष्यमा एप्लाइ हबले अझ ठूला खेलकुद प्रतियोगिता र युवा नेतृत्व विकासका कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य राखेको छ । प्रबन्ध निर्देशक कमलसिंह खड्काको सिर्जनशील चञ्चलता र सामाजिक उत्तरदायित्वप्रतिको निष्ठाले एप्लाइ हबलाई केवल एउटा कन्सल्टेन्सी मात्र होइन, बरु एउटा ‘एडुकेसनल नेटवर्क’ र ‘सामाजिक अभियान’ का रूपमा उभ्याएको छ ।
एप्लाइ हबले ‘आफ्नो मेलो’ मात्र हेरेको छैन, बरु अरूका लागि पनि ‘गोरेटो’ खन्ने काम गरेको छ । शिक्षाको नाममा हुने व्यापारिक होडबाजीका बीच एप्लाइ हबले देखाएको यो मानवीय र सहयोगी बाटो साच्चै नै मननीय छ । पोखराको सिद्धार्थचोकबाट सुरु भएको यो सानो प्रयत्नले भोलि विश्वका विभिन्न कुनामा नेपाली युवाहरूको नेतृत्वदायी उपस्थितिलाई सुनिश्चित गर्नेछ भन्नेमा दुई मत छैन । कमलसिंह खड्काको शब्दमा भन्दा— “हामी सपना मात्र देखाउँदैनौँ, ती सपनालाई काँध थापेर गन्तव्यसम्म पुर्याउन सँगसँगै हिँड्छौँ ।” यही हिँडाइ नै एप्लाइ हबको सफलताको मूल मन्त्र हो ।
