सुचना, समाचार र मनोरन्जन

मंसिर ६ गते हुने भयो ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८२’

काठमाडौं :
पहिले भदौ २७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८२’ को दोस्रो संस्करण अब मंसिर ६ गते शनिबार सम्पन्न हुने भएको छ।
ओप्सना फिल्मस् प्रा.लि.द्वारा आयोजना हुने यो अवार्ड कार्यक्रम जेन्जी आन्दोलनका कारण स्थगित गरिएको थियो। आयोजक संस्थाका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईका अनुसार, देशको बदलिँदो परिस्थितिका कारण स्थगित गरिएको कार्यक्रम अब चलचित्र विकास बोर्डको सभाहलमा हुने तयारी भैरहेको छ। राईले अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.