सुचना, समाचार र मनोरन्जन
IVF New Banner

चलचित्र संरक्षण मञ्चको अध्यक्षमा रखाल,प्रथम उपाध्यक्षमा आर्यन सिग्देल

काठमाडौं :

चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न भएको छ । मंगलबार राजधानीको होटल हार्दिक बागबजारमा सम्पन्न मञ्चको निर्वाचनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको हो।
आगामी दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा दिपक तामाङ लामा, प्रथम उपाध्यक्षमा हरिश सिग्देल (आर्यन), द्वितिय उपाध्यक्षमा दिनेश राउत, महासचिवमा समिर मिया, उपमहासचिवमा तेज बहादुर गिरी, सचिवमा निर बहादुर दर्लामी मगर (जय), कोषाध्यक्षमा जीवन कुमारी भोलन (रोशनी), सह कोषाध्यक्षमा संगीत सागर बुर्जा निर्बिरोध निर्वाचित भएका छन् ।

Safal

यस्तै सदस्यहरुमा मायादेवी सिङतान, बिश्वास भण्डारी, उद्धव बस्नेत, जानुका राई, शान्ति कुमारी डिमडुङ, राखिन्द्र कुमार थिङ, ध्रुब चौलागाई र सुभाष गोतामे निर्बिरोध निर्वाचित भएका छन् ।चलचित्र पत्रकार बिष्णु प्रसाद सुबेदी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन कमिटीमा गीतकार डब्बु क्षेत्री र अधिवक्ता कुल बिक्रम रायमाझी निर्वाचन अधिकृत रहेका थिए । मंगलबार नै निर्वाचन कमिटीले नव–निर्वाचित पदाधीकारीहरुलाई विजयीको प्रमाण पत्र समेत प्रदान गरेको छ ।

IVF Post

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा आजिवन माधवराज खरेललाई सम्मान गरिनुका साथै सञ्चारकर्मी गीता अधिकारी, सञ्चारकर्मी कमला जोशी, गायिका सरिता भारती, छायाँकार राजन खरेल र फोटोग्राफर बद्री थापालाई कदर पत्र प्रदान गरिएको थियो ।

संस्थाका मानार्थ सदस्यहरु गीतकार दयाराम पाण्डेय, संगीतकार शंकर थापा ‘स्माइल’, पत्रकार कुबेर गिरी, सौन्दर्यकर्मी गीता पौडेल समेत उपस्थिती रहेको कार्यक्रममा आजिवन सदस्यहरु बिमला भुजेल, गोबिन्द बहादुर ब्लोन, मिना पाख्रिन, सुमन राई, सुना लामा र तुलसा राईलाई आजीवन सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नव–निर्वाचित अध्यक्ष रखालले आगामी दिनमा नेपाली चलचित्रको संरक्षणका लागि सशक्त रुपमा लागि पर्ने प्रतिवद्धता समेत जनाए । यस्तै प्रथम उपाध्यक्ष सिग्देलले नेपाली चलचित्रको संरक्षणमा सबैले हातोमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए। यस्तै द्वितिय उपाध्यक्ष राउतले सामुहिक एकता र सहकार्यबाट मात्र नेपाली चलचित्रको विकास, विस्तार र प्रर्वद्धन सम्भव भएको भन्दै आफु यसैमा केन्द्रित रहने बताए ।

Leave A Reply

Your email address will not be published.