सुचना, समाचार र मनोरन्जन

गण्डकीको आवाज बन्दै केन्द्रीय नेतृत्वतर्फ अशोक खड्काको उम्मेदवारी

पोखरा,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य (CCM) पदका लागि गण्डकी प्रदेश भूगोलबाट अशोक खड्काले उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, युवा नेतृत्व विकास तथा प्रभावकारी अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खड्काको उम्मेदवारीले गण्डकी प्रदेशका कार्यकर्ता तथा शुभेच्छुकहरूमा नयाँ उत्साह थपेको छ।

अभियान तथा प्रचारप्रसार विभागको केन्द्रीय सदस्यका रूपमा कार्यरत खड्का पार्टीभित्र एक कर्मशील, इमानदार र परिणाममुखी युवाको रूपमा परिचित छन्। संगठन विस्तार, कार्यकर्ता परिचालन तथा राष्ट्रिय स्तरको समन्वयमा उनको सक्रिय योगदानले उनलाई बलियो उम्मेदवारका रूपमा स्थापित गरेको छ।

“गण्डकीको आवाज, राष्ट्रिय नेतृत्वको विश्वास” भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका खड्काले गण्डकीका मुद्दा, भावना र सम्भावनालाई केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले उम्मेदवारी घोषणाका क्रममा भनेका छन्, “हरेक यात्रामा एउटा यस्तो मोड आउने रहेछ, जहाँ आफूभन्दा ठूलो उद्देश्यका लागि अघि बढ्नुपर्ने रहेछ। आज म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति सदस्य पदका लागि गण्डकी प्रदेश भूगोलबाट आफ्नो उम्मेदवारी घोषणा गर्दछु। यस ऐतिहासिक यात्रामा सम्पूर्ण साथीहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छु।”
अनुभव संगठन निर्माणको, प्रतिबद्धता परिवर्तनको भन्ने मूल भावनासहित अघि बढेका अशोक खड्काको उम्मेदवारीलाई गण्डकी प्रदेशमा पार्टीलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको छ। युवा सोच, स्पष्ट दृष्टिकोण र राष्ट्रिय समन्वय क्षमताले उनी केन्द्रीय समितिमा गण्डकीको सबल प्रतिनिधित्व गर्न सक्षम रहने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.