सुचना, समाचार र मनोरन्जन

विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई अवार्ड प्रदान गर्दै दिल्लीमा ईन्डो नेपाल सुजन म्युजिक अवार्ड सम्पन्न

काठमाडौं : ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ। लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थितिमा सम्पन्न गरिएको हो। ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता लाकारहरुलाई अवार्ड प्रदान गरिएको छ।

उक्त कार्यक्रममा लोक दोहोरीतर्फ गायिका एवम् मोडल रिया रेग्मीे अवार्ड बिजेता बन्न सफल भएकी छन। रियाले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नव मोडलको अवार्ड हात पारेकी हुन। कलाकारिताको छेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्ड लगाएत धेरै सफलताहरु हात पार्न सफल भएकी छन्।

रियालाई वरिष्ठ गायिका शर्मिला गुरुङ,वरिष्ठ गायक इन्द्र जिसिको हातबाट बेस्ट म्युजिक भिडियो मोडलको अवार्ड वितरण गरिएको थियो। अवार्ड वितरणपछि बिजेताहरुले अझै यस छेत्रमा थप लगनशिल हुँदै अगाडी बढ्ने बताए।

सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाका अनुसार भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताईन्। ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’ यसबर्ष पनि भारतको नयाँ दिल्लीमा भव्य रुपमा आयोजना गरिएको थियो। सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यस बर्ष पनि अवार्ड कार्यक्रम भएको हो । अवार्ड कार्यक्रमको लागि मनोनयन फारम खुल्ला गरेर सम्पुर्ण प्रक्रिया पूरा गरि भोटिङ गरेर धेरै भोट आएकालाई बिजयी घोषणा गरिएको थियो ।

सो अवार्ड कार्यक्रममा बिभिन्न ३३ विधामा अवार्ड बितरण गरिएको छ भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन । यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो।

अवार्डका बिधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायकरगायिका, सर्वोत्कृष्ट मौलिक गीत गायकरगायिका , सर्वोत्कृष्ट गायकरगायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायकरगायिकालगाएत गित संगितको क्षेत्रमा रहेका सर्वोत्कृष्ट कलाकारहरुको लागि राखिएको छ। भारतको नयादिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकारहरुको बिचमा सांस्कृतिक कार्यक्रम सहित उक्त कार्यक्रम सम्पन्न भएको हो।

संगीतप्रतिको योगदानलाई विभिन्न विधामा वर्गीकरण गरी पुरस्कृत गर्ने र यस क्षेत्रमा निरन्तर क्रियाशील वरिष्टतम गीत संगीतकर्मी श्रष्टा एवम् प्रस्तोताहरुलाई सम्मान गर्नका लागि नेपाली गीत संगीतकै इतिहासमा यो दोस्रो ईन्डो–नेपाल सूजन म्यूजिक अवार्ड–२०८१ को कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई रहेको छ।

नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्यले वि.स. २०७० सालमा स्थापना भएको यस सुजन म्यूजिक प्रा।लि। नेपाली गित, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था हो। नेपाली गीत संगीतको उत्पादन तथा प्रकाशनको गौरवमय यात्रामा थुप्रै गीतसंगीतकर्मीसंग सहकार्य गर्दै गीत संगीतका सयौं रचनाहरु भौतिक तथा डिजिटल प्रविधिमा प्रकाशन गरी नेपाली तथा अन्य भाषाभाषीका गीत संगीतको क्षेत्रमा यस संस्थाले छुट्टै योगदानका साथ पहिचान बनाउन सफल भएको छ।

यस्तो खालको कार्यक्रमले नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत संगीतकर्मीहरुको सहकार्यलाई प्रोत्साहन हुने आयोजक कमिटीको अध्यक्ष राना मगरले बताईन।

Leave A Reply

Your email address will not be published.