सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ले जुरी अवार्ड

काठमाडौं :

चलचित्र विकास बोर्डद्धारा आयोजित यसवर्षको राष्ट्रिय चलचित्र पुरस्कार २०८० प्रदान गरिएको छ । मंगलबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड वितरण गरेका हुन् । यस वर्षको राष्ट्रिय अवार्डमा सर्वश्रेष्ठ फिल्म विधा समावेश नगरिकनै अवार्ड वितरण गरिएकोमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ले जुरी अवार्ड प्राप्त गरेका छन् ।

Safal
IVF Post

सोसल ड्रामा फिल्म ‘प्रकाश’बाट दिनेश राउत सर्वश्रेष्ठ निर्देशक घोषित भए । सर्वश्रेष्ठ पटकथा विधामा ‘चिसो मान्छे’बाट दीपेन्द्र के खनालले प्राप्त गरे। सोही कार्यक्रममा ‘महापुरुष’बाट हरिवंश आचार्य सर्वश्रेष्ठ अभिनेता घोषित भएभने दीया मास्के ‘प्रकाश’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधान सर्वश्रेष्ठ छायांकार घोषित गरियो भने निमेष श्रेष्ठले ‘दोख’बाट सर्वश्रेष्ठ सम्पादकको ट्रफी हात पारे। आदिवासी जनजाति फिल्म विधातर्फ मुनाल फिल्म्सको ‘ह्युलन छायाँ बा’ सर्वोत्कृष्ट घोषणा गरियो।
त्यस्तै अवार्ड कार्यक्रममा २०७८ सालको विशेष फिल्मतर्फ टुल्की र नीरमाया उत्कृष्टमा छनोट भए भने २०७९ सालको विशेष फिल्ममा बुलाकी, प्रसाद २ र चिसो मान्छे सर्वोत्कृष्ट घोषित भयो। यी फिल्मले सबटाइटलका लागि २ लाख रुपैयाँ प्राप्त गरेका छन्।

अभिनेता शिवसुन्दर श्रेष्ठ र अभिनेत्री लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मानका गरियो भने ३५ जना फिल्म र संगीतकर्मीलाई विशेष योगदान सम्मान प्रदान गरियो । अवार्ड समारोहमा नेपाली सेनाको टुकडीले उक्त अवसरमा फिल्म ‘मनको बाँध’देखि पछिल्लो समयका फिल्मसम्मको संगीत समेट्दै धुन प्रस्तुत गरेको थियो । कार्यक्रम सफल भएको बोर्डले जनाएको छ।

Leave A Reply

Your email address will not be published.