सुचना, समाचार र मनोरन्जन

सन्तानलाई ‘बाः एक योद्धा’ देखाउन किन अभिभावकलाई दिइँदैछ सुझाव ?

काठमाडौं :

 चलचित्र ‘बाः एक योद्धा’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको हो। चलचित्र हेर्नेहरूले अभिभाकहरूले आफ्ना सन्तानलाई सिनेमा देखाउनु पर्ने बताएका छन्। आफ्नो अधिकार खोज्ने तर तर दायित्व बिर्सिने सन्तानका लागि ‘बाः एक योद्धा’ नैतिक शिक्षा भएको दर्शकको प्रतिक्रिया छ।

Pach Pandav

अभिभावकले समय निकालेर आफ्ना सन्तालाई ‘बाः एक योद्धा’ देखाए त्यसको प्रभाव आफ्नै जिन्दगीमा पर्ने दर्शकले बताएका छन्। बुबाआमादेखि टाढा बसेका सन्तानलाई पनि ‘बाः एक योद्धा’ हेर्न दर्शकको आग्रह छ। ‘बाः एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने दुःखलाई चलचित्रले कथामा समेटेको छ।

‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो।यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्। हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन्।

Leave A Reply

Your email address will not be published.