सुचना, समाचार र मनोरन्जन

म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिताको गायक गायिकालाई शब्द चयन गरेर गाउन सुझाव

काठमाडौं :

नारी पर्व नजिकिदै गर्दा बजारमा तीज गीत आउने क्रमले तिब्रता पाएको छ। कतिपय गीतले मौलिक परम्परामाथि प्रहार गर्दै धर्म, संस्कृति र सिङ्गो सङ्गीत क्षेत्रलाई विकृत तुल्याएको देख्न सकिन्छ । यस्ता गीतको आलोचना समेत हुँदै आएको छ ।

आलोचित गीत ‘बिस्तराले पोल्यो’ गायिका शान्तिश्री परियार र हरि गिरी बिमर्सीको स्वर र गायक हरिकै शब्द तथा सङ्गीत रहेको गीत भिडियोको कारण विवादित बनेको हो । भिडियोमा हट बेडसिन मोडल सञ्चिता बोलाखेलले दिएकी छन्। आलोचित गीतको कुरा गर्दा ‘बिस्तराले पोल्यो, ‘चियर्स बियर’, ‘पोहरदेखि बाझो छ खेत’, ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘सिमीबोडी लौका र चिचिन्डा’, ‘कामी दाइको कस्तो छ घन ठोकाइ’, ‘बुढो विदेश गयो भनी फुई लाउँछे’, ‘मायाको पोको चोखो छ चोखो’, ‘बिहे अगाडि मत दिन्न बरी लै’, लगायत छन्।

Chaka Panja

दोहोरो अर्थ लाग्ने शब्दहरू प्रयोग भएको तीज गीत र भिडियो चर्चामा आउन थालेपछि सम्बन्धित ध्यानाकर्ष भएको थियो। राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गरेको थियो भने आफ्नो गीत आलोचित भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी शान्तीश्री परियारले विज्ञप्तिमार्फत माफी नै माग्नुपर्यो।

म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठले गीतको मर्मनुसारको भिडियो बन्ने भएकोले निर्देशकहरुलाई उत्छृंखल भिडियो बनायो भनेर दोषारोपण गर्न नमिल्ने बताएकी छन्।

अध्यक्ष श्रेष्ठले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘यो पर्व गीत भएकोले गीतकारले गीतको शब्द चयन गर्दा तीजको जुन सदियौ देखि चल्दै आइरहेको मौलिकपनालाई ध्यानमा राखेर गीत बनाउनु पर्ने र गायक, गायिकाले पनि शब्द बुझेरमात्र गाउनु पर्ने’ बताएकी छन् ।

Leave A Reply

Your email address will not be published.