सुचना, समाचार र मनोरन्जन

फिल्म ‘नाङ्गो गाउँ’ हेरेपछि बाबुराम भट्टराईले भने,‘ दुवैलाई आँसु लुकाउन निकै गाह्रो भयो’

काठमाडौं :

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेत्री हिसिला यमिले फिल्म ‘नाङ्गो गाउँ’का छन्। बुधबार फिल्म हेरेपछि आफु र हिसिला यामी दुवैलाई आँसु लुकाउन गारो भएको बताएका छन। उनले लेखेका छन्,‘दीपेन्द्र लामा लिखित÷निर्देशित नयाँ चलचित्र ‘नांगो गाउँ’ हेरेपछि हिसिला र म दुवैलाई आँसु लुकाउन निकै गाह्रो भयो । नेपाली राजनीतिमा र विशेषतः निर्वाचनमा माथिदेखि तलसम्म र दलहरूदेखि जनस्तरसम्म झाँगिदै गएको भ्रष्टाचार,छलकपट,धोकाधडि, किनबेचको कुसंस्कारसंग लड्न र निष्ठामा टिक्न कति कठीन छ त्यो बुझ्न सबैले यो फिल्म हेर्नैपर्छ।’

उनले असत्य र अन्यायसँग सम्झौता गर्ने कि पलायन हुने किन मैदानमा डटेर सामाना गर्ने भन्ने विषयमा फिल्म बनेको भन्दै निर्माण टिमको प्रशंसा गरेका छन्।

उनले थप लेखेका छन्,‘असत्य र अन्यायसंग सम्झौता गर्ने कि पलायन हुने कि मैदानमा डटेर सामना गर्ने भन्ने चाहिं आआफ्नो छनोटको विषय छँदैछ। फिल्म यथार्थवादी साथसाथै रोचक र मनोरन्जक पनि छ! कलाकारहरूले आ–आफ्नो भूमिका राम्ररी निभाएका छन्’

उनले अन्तमा लेखेका छन्,‘राज्यका विभिन्न तहले यस्ता फिल्मलाई करमुक्त गरेर जनस्तरसम्म पुर्याउन सके राम्रा फिल्म निर्माताहरूलाई थप प्रोत्साहन मिल्नेछ।’

गत भदौं २९ गते हलमा लागेको फिल्म ‘नाङ्गो गाउँ’दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ। फिल्ममा दयाहाङ राई,मिरुना मगर,शिशिर वाङ्देल,साम्राज्ञी राज्य लक्ष्मी शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन्

Leave A Reply

Your email address will not be published.