सुचना, समाचार र मनोरन्जन

बाढीले बाग्लुङको जैमिनीमा तीन सय रोपनी धानखेत बगर बन्यो

बाग्लुङ,

बाग्लुङको जैमिनीमा बाढीका कारण तीन सय रोपनी धानखेत बगरमा परिणत भएको छ ।

गएको मङ्गलवार राति कालुङ्खोलाको जलविद्युत् बगाउने गरी आएको बाढीले भर्खर धान रोपेको खेत कटान गर्नुका साथै बगर बनेको किसानको भनाइ छ।

पैयुथन्थापमा मात्र एक सय ५० रोपनी धानखेत बगर बनेको जैमिनी नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए ।

एउटा जलविद्युतगृह बगाएको, झन्डै तीन सय रोपनी खेतमा क्षति पुर्‍याएको र नौवटा सिँचाइ कुलोमा क्षति पुर्‍याएको जैमिनी नगरपालिकाले जनाएको छ ।

जलविद्युत् आयोजना बाढीले बगाउँदा पैयुथन्थापका एक सय २२ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको र क्षतिको मूल्याङ्कनका आधारमा राहत दिइने नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.