सुचना, समाचार र मनोरन्जन

नर्ससँग विवाह बन्धनमा बाँधिए बले,साथीभाईलाई समेत निम्तो गरेनन्

काठमाडौं :

हास्यकलाकार सागर लम्साल ‘बले’विवाह बन्धनमा बाँधिएका छन्। उनले आइतबार काठमाडौंको चावहिलस्थित एक पार्टी प्यालेसमा झापाकी स्नेहा दङ्गालसंग विवाह बन्धनमा बाँधिएका हुन्।

Pach Pandav

कलाकार बलेले विवाह गरेकी दुलही स्नेहा पेशाले नर्स हुन। स्थायी घर झापा, दमक भएपनि उनी यहीँ भक्तपुरमा बस्दै आइरहेकी छन्। कलाकार बलेले सीमित आफन्त र साथीभाइबीच विवाह गरेका हुन्। बले निटकका अनुसार बले बिहान जन्ती लिएर भक्तपुर पुगेका थिए।

त्यहाँको प्रक्रिया सकेर चाबहिलस्थित एक पार्टी प्यालेस पुगेका बले र स्नेहाको स्वयंवर सकिएको हो। जानकारका अनुसार बले र स्नेहाले मागी विवाह गरेका हुन। उनको विवाहमा सिरियलकै साथी कक्रोच (हरिस निरौला) र पाँडे (अर्जुन घिमिरे) ,लगायत केहि रहेका थिए। त्यो बाहेक बलेले विवाहमा खासै कसैलाई निम्तो गरेनन्।

Leave A Reply

Your email address will not be published.