सुचना, समाचार र मनोरन्जन

सुशासनका लागि कसैसँग सम्झाैता गर्दिनँ : बालेन शाह

काठमाडौं/

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेकाे बताउनुभएकाे छ ।

मेयर शाहले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भ्यु टावरको नक्शा पास मेयरले गर्ने कानूनी प्रावधान नरहेको सम्झाउँदै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेको बताउनुभएको हाे ।

दुई जनाले अनियमितता गरेकोले महानगरले हटाएको र राम्रो काम गर्ने दुई जनालाई सङ्घीय सरकारले नै हटाएको शाहको दाबी छ । विधि र प्रक्रियाबाट मन्त्रीसँग समन्वय गर्दा पनि सहयोग नगरेको उहाँले उल्लेख गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.