
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘द राइज अफ साम्राज्य’का लागि अमरप्रतापले साढे २ वर्षदेखि गरे ट्रेनिङ
- अमेरिकामा ‘पार्वती’को दबदबा, सुरुवाती तीन दिन नै हाउसफुल
- बाढीका कारण १३ औँ छायाँछवि तीज म्युजिक अवार्ड स्थगित, नतिजा सार्वजनिक
- असोज २ मा आउन लागेको ‘झिँगे दाउ २’ को दशैँलक्षित गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
- अभिनेत्री वर्षा शिवाकोटी स्वास्थ्य क्षेत्रको व्यवसायमा: मेडिक्वेस्ट डायग्नोस्टिकको ब्रान्ड फेस नियुक्त
- पोखराको लेकसाइडमा लभबर्ड्स प्रिमियम आइसक्रिमको चौथो पार्लर सञ्चालनमा
- असोज ३ गते हुने पाँचौं राइट टु प्रोटिन रनको तयारी अन्तिम चरणमा
- ‘शताब्दी घर’मा लाखेको बिदाइ!
- भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
- रसुवागढी नाका बन्द हुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ
बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो
तनहुँ,
यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ ।
धानबालीसम्बन्धी कुनै समस्या देखा परेमा तुरुन्त कृषि प्राविधिक वा कृषि विकास शाखामा सम्पर्क गर्न कृषकलाई आग्रह गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक दिनेश सुवर्णकारले बताए । उनका अनुसार ब्लाष्ट रोग धानका बाला तथा बेर्नामा लाग्ने एक प्रकारको ढुसीजन्य रोग हो ।

धानबालीमा लाग्ने प्रमुख रोगहरू मध्यको यो एक भएको बताउँदै उनले भने, “यो रोगले ब्याडका बेर्ना मार्ने तथा धानका बालालाई सुकाउने गर्छ । जुन, सन् १९६६ मा पहिलो पटक देखिएको थियो ।” यो रोग बिउबाट पनि सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाउँका बिउ उपचार नगरी वा रोगी बिरुवा प्रयोग गर्दा फैलिएको हुनसक्ने उनको भनाइ छ ।
कृषि प्राविधिक सुवर्णकारले भने, “रोग लागेका धानबालीको पातमा स–साना सेतो टिका जस्तो देखिने दाग, बीचमा भएका खैरा थोप्ला देखा पर्ने तथा फलेको धानमा बाला तलतिर डाँठको वरिपरि वा आख्लामा खैरो रङको दागहरू देखिने र बाला मर्ने समस्या देखा पर्दछ । ढुसीले अनुकूल भएको समयमा विभिन्न भागमा विस्तारै गोलो, लाम्चो आँखा जस्तै आकार बनाउँछ र बीचमा खरानी रङ तथा बाहिर खैरो रङ भएका थोप्लाहरू देखा पर्दछन् ।”
उक्त समस्याबाट धानबालीलाई जोगाउन गत वर्ष रोग नदेखिएको मूल बिउबाट मात्र बिउको छनोट गर्नुपर्ने, पर्याप्त घाम लाग्ने ठाँउमा राम्रोसँग हिलो बनाएर बिउ राख्ने, नुनपानीको सहायताले बिउबाट भुस छान्नेलगायत काम गर्न सकिने उनले सुझाव दिए ।
Prev Post
Next Post