सुचना, समाचार र मनोरन्जन

‘माग्नेराजा’मा माग्ने बुढाको रानी बन्दै वर्षा शिवाकोटी,कति लिए माग्ने बुढाले पारिश्रमिक

काठमाडौं :

अभिनेत्री वर्षा शिवाकोटी केदार घिमिरे माग्ने बुढाको मुख्य भुमिका रहने फिल्म ‘माग्ने राजा’को रानी बन्ने भएकी छन्। केदार र वर्षाले यस फिल्ममा सहयर्का गर्ने सम्झौता गरेपछि वर्षा रानी बन्ने कमफम भएको हो।

यसअघि फिल्म ‘छक्का पञ्जा ५’मा एकसाथ काम गरेका केदार र वर्षालाई दर्शकले ‘माग्ने राजा’मा पनि देख्ने भएका हुन्। ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा केदार र वर्षालाई छनोट गरिएको छ। उनीहरु बाहेक अरु को को कलाकार रहनेछन् भन्ने बारेमा अहिले नै निश्चित गरिएको छैन।

फिल्म पत्रकार तथा समिक्षक सामीप्यराज तिमल्सेनाले लेखेको यो फिल्मलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन्। आगामी फागुन १ गतेबाट छायांकनमा निस्किने गरिको तयारीमा निर्माण टिम लागेको छ।‘माग्ने राजा’को कथा केदारमा केन्द्रित हुने यो फिल्ममा उनले ५० लाख पारिश्रमिक बुझेका छन्। पछिल्लो समय धमाधम फिल्ममा अनुबन्ध भएका केदारले ५० देखि ६० लाख पारिश्रमिक लिने गरेको हल्ला चलेको छ। यकिन भने भएको छैन।

केदारले दीपकराज गिरी र दीपाश्री निरौलाको टिम ‘छक्का पञ्जा’ समूह बाहिर काम गर्दा ५० को डिमाण्ड गरेको चर्चा छ। अभिनेत्री वर्षाको यस वर्ष दुई वटा फिल्म रिलिज भए। गत साउनमा आएको फिल्म ‘मोदीबेनी’रिलिज भएको थियो भने अर्को फिल्म ‘छक्का पञ्जा ५’। जुन ब्लकबस्टर सावित भयो।

Leave A Reply

Your email address will not be published.