सुचना, समाचार र मनोरन्जन

सहकारीले २ करोड ६० लाख पैसा फिर्ता नदिएपछि सडकमा उत्रिए बसुन्धरा र चैत्यदेवी

काठमाडौं :

एक वर्षदेखि दुई वरिष्ठ अभिनेत्री वसन्धुरा भुषाल र चैत्यदेवी सहकारीमा वचत गरिएको रकम फिर्ता माग्दै घरेलु माइतीघरमा धर्नामा बसेका छन्। बिहिबार उनीहरु काठमाडौंको माइतीघर मण्डलामा सरकारलाई दबाब दिदै धर्नामा बसेका हुन्।

Pach Pandav

उनीहरु १४ महिनादेखि चल्दै आएको सहकारी पीडितको तेस्रो चरणको धर्नामा यी दुई अभिनेत्रीले पनि सहभागी हुन् विहिबार दिउँसोको माइतीघर पुगेका हुन्। उनीहरु माइतीघर मण्डलामा चर्को घाम तापेर २ घण्टा धर्नामा बसेका थिए।

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले वसुन्धरा,चैत्यदेवी र अभिनेत्री भुवन चन्द तथा उनीहरुका परिवारका १४ जनाको २ करोड ६० लाख रुपैयाँ अपचलन गरेर नदिएपछि बेला बेलामा आन्दोलनमा सहभागी हुँदै आएका छन्। अभिनेत्री भुसालका अनुसार कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा ४ जनाको करिब ७० लाख रुपैयाँ बचत फिर्ता पाएका छैनन्।

सोही सिभिल सहकारीले सामाजिक सेवाका लागि खोलिएको भुवन–चैत्य–बसुन्धरा फाउन्डेसनको १४ लाख रुपैयाँ पैसा फिर्ता पाएका छैनन् भने फाउन्डेसनले हरेक वर्ष विशिष्ट व्यक्ति सम्मान गर्दै आएको थियो। त्यो दिन सकेको छैन्। सहकारीको बचत फिर्ताका लागि पहल गर्न बसुन्धरा, चैत्यदेवी, भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन्। तर कसैले पत्याइदिएनन्।

Leave A Reply

Your email address will not be published.