सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : हलमा थपियो सुलक्षण भारती अभिनित ‘बाटो’

काठमाडौं :

शुक्रबारबाट नयाँ फिल्म ‘बाटोः रोड टु डेथ’, ‘चन्दु च्याम्पियन’ र ‘द वाचर्स’ प्रदर्शनमा आएको छ। यो फिल्म प्रचारप्रसार नगरि हलमा प्रदर्शन भएको हो। अहिले यो फिल्म सहित नेपाली र विदेशी फिल्मले हल भरिभराउ छन्। देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा दशवटा फिल्मले कब्जा जमाएका छन्। दश फिल्ममध्ये ६ वटा विदेशी र ४ वटा नेपाली छन्।

Pach Pandav

नेपाली फिल्ममा आजबाट प्रदर्शनमा आएको फिल्म ‘बाटो’का साथमा ‘पूजार सार्की’,‘फर्की फर्की’ र ‘गाउँ आएको बाटो’ रहेका छन्। विदेशीतर्फ भने ‘ब्याड बोइज’, ‘मुन्ज्या’, ‘मिस्टर एन्ड मिसेज माही’ र हाइक्यु’ प्रदर्शनरत छन् । बाटो फिल्म नेपालीसँगै तमिल, तेलुगु र हिन्दी गरी चारवटा भाषामा बनेको यो फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन्।

फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ। यस फिल्मका निर्माता चन्दन झा भने फिल्मलाई दक्षिण भारतीय फिल्मका शरण ऋषिले छायांकन गरेको छन्।

Leave A Reply

Your email address will not be published.