सुचना, समाचार र मनोरन्जन

पोखरा १३ मा महिलाहरुले सन्चालनमा ल्याए प्रो हेयर कट्स एन्ड ब्युटी सैलोन

पोखरा/

पोखरा महानगरपालिका १३ साझामा प्रो स्टाइल्स हेयर कट्स एन्ड ब्युटी सैलुन सञ्चालनमा आएको छ । स्थानीय सुष्मा बराल र प्रतिमा बरालले सैलुन सञ्चालन गरेका हुन । अत्याधुनिक सुविधा युक्त सैलुनको आइतबार पोखरा महानगर १३ का वडाध्यक्ष किरण बरालले रिबन काटेर शैलोनको शुम्भारम्भ गरे । संन्चालक बरालद्वयले सैलुन र पार्लर सम्बन्धी १ बर्षको तालिम लिएपछि आफुहरुले व्यवसाय सुरु गरेको बताएका छन ।

सिकेको सिपलाई सदुपयोग गर्दै स्वरोगार बन्न व्यवसाय सुरु गरेको सुष्मा बरालले बताइन । उनका अनुसार उत्त ठाउँमा आधुनिक सैलुन नहुँदा पोखराको मुख्यबजारसम्म धाउनुपर्ने बाध्यता रहेको थियो । महिला र पुरुष दुबैका लागि सैलुन र पार्लरसम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध रहेको अर्का सञ्चालक प्रतिमा बरालको भनाई छ ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले सिप सिकेर स्वरोजगार बन्नु सकारात्मक भएको बताउँदै सैलुनको थालनीले अरुलाई पनि प्रेरणा मिल्ने बताए  । वडावासीलाई उद्यममा जोड्न विभिन्न किसिमका तालिम वडाले दिँदै आएको बरालको भनाइ छ । केही वर्ष अघिसम्म सैलुन व्यवसायमा पुरुषहरु मात्र सहभागी हुने गरेको भएपनि पछिल्लो सयममा सैलुनप्रति महिलाहरुको आकर्षण बढ्दो देखिन्छ ।

Leave A Reply

Your email address will not be published.