सुचना, समाचार र मनोरन्जन

देशभर गर्मी बढ्दो, तराईमा अधिकतक तापक्रम ४० डिग्रीसम्म

काठमाडौँ/

पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । विशेषगरी तराईमधेशका जिल्लाहरुमा गर्मी धेरै छ ।

पश्चिम तराईको धनगढीमा हिजो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज त्यहाँको तापक्रम ४० डिग्रिसम्म पुग्ने अनुमान छ ।

यस्तै दिपायल, नेपालगञ्ज, भैरहवालगायतका ठाउँमा पनि तापक्रम बढेर ३८ डिग्री नाघेको छ । जनकपुरमा ३५ डिग्री नाघेको छ ।

तापक्रम बढ्दै गएकाले तराई मधेशमा केही दिनमा तातो हावासमेत चल्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

बढ्दो गर्मीले जनजीवन प्रभावितसमेत भएको छ । यस्तै काठमाण्डौ उपत्यकामा पनि गर्मी अत्यधिक महसूस हुन थालेको छ ।

हिजो काठमाण्डौको तापक्रम ३१ डिग्री पुगेकामा आज अधिकतम तापक्रम ३० देखि ३२ डिग्रीसम्म पुग्ने अनुमान छ ।

Leave A Reply

Your email address will not be published.