सुचना, समाचार र मनोरन्जन

‘झ्यानाकुटी’पछि ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा

काठमाडौं :

राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’बाट अभिनेता तथा अभिनेत्रीको गेटअप बाहिरिएउको छ। सिन्धुलीका विभिन्न क्षेत्रमा छायांकन भइरहेको फिल्मबाट अभिनेता सौगात मल्ल र बेनिशा हमालको क्यारेक्टर लुक्स बाहिरिएको हो।

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल फिल्म ‘झ्यानाकुटी’पछि जोडी बाँधिएको हो । सौगातको गेटअपको कुरा गर्ने हो भने उनको शिरमा ढाकाटोपी र स्टकोट लगाएका छ। एउटा हातमा कुखुराको भाले बोकेको देख्न सकिन्छ भने अर्को हातले बैसाखी टेकेका छन् । बेनिशा बच्चा बोकेर उभिएकी छन्। जुन गेटअप हेर्दा उनी सुत्केरी महिलाको रुपमा देख्न सकिन्छ।

सशस्त्र द्वन्द्वको कथामा निर्माण भइरहेको फिल्ममा दिव्य सुवेदीको छायांकन रहेको छ। फिल्मको कथा निर्देशक साने स्वयंको हो भने पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । अर्को वर्षको तीजमा रिलिज गर्ने तयारीका साथ लागेको छन्। यस अघि निर्देशक सानेले ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’ लगायत फिल्म प्रदर्शन गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.