पोखरा,
ज्योतिष विज्ञानमा प्रखर तथा भारतबाट ज्यातिष शास्त्रमा गोल्ड मेडल जितिसकेका लोकप्रिय युवा ज्योतिष नवराज भट्ट (भट्ट गुरु) आँबुखैरेनी आउँदै छन ।आँबुखैरेनीबासीको चिना तथा बास्तु हेर्नको लागि उनी आँबुखैरेनी आउने भएका हुन । आफ्नो टिमसहित आँबुखैरेनी आउन लागेका भट्ट गुरु बिहिवार र शुक्रवार (साउन) १ र २ गते आबु खैरेनि रहनेछन ।
आँबुखैरेनी रहँदा उनले ३ महिनाअघि आउँदा अग्रिम बुकिङ गरेका ग्रहाकहरुको चिना हेर्नेछन भने अन्य ग्रहाकहरुले पनि चिना र बास्तुसंग सम्बन्धित जिज्ञासा राख्न सक्नेछन । अग्रिम बुकिङ्गको लागि ९७६८७२१३१७, ९८५१२६२६४२ मा सम्पर्क गर्न सकिनेछ ।
युवा ज्योतिश भट्टले “योङ एस्टोलोजर अफ द एयर” अवार्ड प्राप्त गरिसकेका छन भने ईन्डियाबाट गोल्ड मेडालिष्ट समेत बनेका छन । उनले पछिल्लो समय नेपाली चलचित्रहरुको साईत, कलर हेर्नेदेखि लिएर डिस्टिनेसन समेत तय गर्ने गर्दछन । हालहरुमा प्रद्धशन भैरहेको मिलन चाम्स निर्देशित फिल्म अन्जिलाको शुभ साइतदेखि लिएर सम्पूर्ण छायांकनको अवधिभर विभिन्न ज्योतिषीय परामर्श दिँदै आएका थिए । जुन चलचित्रलाई दर्शकहरुले माया र साथ दिएका छन । फिल्म उत्कृष्ट बनेपछि फिल्म टिमले उनलाई सम्मान गरेको छ।
उनका भविष्यवाणीहरु मिल्न थालेपछि धेरै जसो कलाकारहरुले उनलाई आफ्नो भाग्य देखाउन पुग्ने गरेका छन । त्यस्तै राजनीतिज्ञ, व्यवसायी लगायत समाजका हरेक तह तप्काका व्यक्तित्वहरु भट्ट गुरुकोमा आफ्नो भाग्य देखाउन पुग्ने गरेका हुन्छन् । ज्योतिषी भट्ट गुरु विगत पाँच वर्षदेखि ज्योतिषी पेशामा लागेर थुप्रै अवार्डहरु प्राप्त गरिसकेका छन् । ज्योतिषशास्त्रलाई एक रिसर्चको रुपमा लैजाने उनका धेरै भबिश्यवाणी प्रमाणित भएका छन् ।